५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बुद्धिचाल प्रतियोगिता: सुदीपलाई चेस उपाधि

काठमाडौंका युवा खेलाडी सुदीप तामाङले आइतबार सुमन बम्जन स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। खेल पत्रकार सुमन बम्जनको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सुदीपले नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठलाई स्तब्ध बनाउँदै उपाधि जितेका हुन्। 

स्वीस लिग प्रणालीमा नवौं चरणसम्म भएको खेलमा उनले नवौं चरणमा काभ्रेका अर्जुन घिमिरेलाई हराउँदै कुल साढे सात अंक बटुलेका थिए। नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठले समान साढे सात अंक नै जोडे पनि सुदीप प्रोग्रेसिभ अंकको आधारमा पहिलो भए। बद्रिलाल नेपाली भने तेस्रो स्थानमा रहन सफल भए। 

७ अंक जोडेका बद्रिलालले अन्तिम चरणमा विवेक श्रेष्ठलाई पराजित गरेका थिए। त्यसैगरी, पुरुषोत्तम सिलवाल चौथो, पुण्यमान कर्माचार्य पाँचौं र अर्जुन घिमिरे सातौं स्थानमा रहन सफल भए। वि.सं.२०७२ सालको भूकम्पका कारण निधन भएका सुमनको स्मृतिमा सम्पन्न प्रतियोगितामा देशभरिबाट ७७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २० वैशाख २०७८ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App