२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङ टोली स्वदेश फिर्ता

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म यात्रा तय गरेकी सुष्मा तामाङसहित तीन सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ।

पोल्यान्डको किल्सीमा अप्रिल १० देखि २४ तारिखसम्म सम्पन्न च्याम्पियनसिपमा दुई महिला बक्सरले नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए। सुष्मा ४८ केजीमुनि क्वार्टरफाइनलसम्म पुगेकी थिइन्। पहिलो चरणमा बाई पाएकी सुष्मा प्रिक्वार्टरफाइनलमा लिथुवानियाकी खेलाडीलाई स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्। तर, क्वार्टरफाइनलमा सुष्मा आयोजक राष्ट्र पोल्यान्डकी खेलाडीसँग चुकेकी थिइन्। उनै पोल्यान्डकी खेलाडीले च्याम्पियनसिपमा रजत जितिन्। यसअघि उक्त प्रतियोगितामा कुनै पनि नेपाली खेलाडी क्वार्टरफाइनल पुग्न नसकेको नेपाल बक्सिङ संघले जनाएको छ। सुमिना खड्का ५४ केजीमुनि बेलारूसकी खेलाडीसँग पहिलो चरणमै पराजित भइन्। यी खेलाडीको प्रशिक्षणमा राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक ओम मास्के थिए।

टोलीलाई नेपाल बक्सिङ संघका सदस्यद्वय पुष्करराज पन्त र मानबहादुर भण्डारी, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, गोन्झाउ एसियाडमा नेपाललाई एक्लो पदक दिलाएका बक्सिङका दीपक महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सो अवसरमा सुष्माले प्रशिक्षकको रणनीतिअनुरूप खेल्दा एक खेलमा सफलता हात पारेको बताइन्। तर, क्वार्टरफाइनलमा अट्याकिङ खेल्ने रणनीतिअनुरूप रिङमा उत्रिए पनि सफलता पाउन नसकेको सुष्माको भनाइ थियो।  

 

प्रकाशित: १३ वैशाख २०७८ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App