७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मेयर कप ब्याडमिन्टन प्रतियोगिताः सिमा राजबंशी सेमिफाइनलमा

कस्तुरी कलेज इटहरीकी सिमा राजबंशी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन्।  

विश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले झुम्का व्याडमिन्टन क्लबको आयोजनामा जारी खेल अन्तर्गत शनिबार भएको प्रिक्वाटरफाइनल खेलमा पकलीकी नविना राईलाई २१–८, २१–७ को सोझो सेटमा पराजित गरेकी हुन्। क्वाटरफाइनलमा काकरभिट्टाकी अञ्जना राई र बिराटनगरकी भावना गुरुङ्गबीचको विजेतासंग क्वाटरफाइनलमा खेल्नु पर्नेमा दुवै उपस्थित नभएपछि सिमाले सिधै एक प्रतियोगिता खेल्दै सेमिफाइनलमा स्थान बनाएकी हुन्।  

अन्तिम आठमा प्रवेश गर्ने अन्यमा धनकुटाकी गिता राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राई, सुनसरीकी सृष्टी राई, धनकुटाकी अरुणा तामाङ, सुनसरी ब्याडमिन्टन एकेडेमीकी आरजु सिग्देल र बिराटनगरकी रोजी पाण्डे रहेका छन्। गिताले सुनसरीकी लिना छेवाङ्बाट वाकओभर प्राप्त गरिन्। यस्तै रोजी राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सन्ध्या श्रेष्ठलाई २१–१०, २१–१३, सृष्टीले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोश्मीता राईबाट वाकओभर, अरुणाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेश्ना गुरुङलाई २१–६, २१–८, आरजुले राजवासकी रेश्मा राईबाट वाकओभर र रोजले बेलटार ब्याडमिन्टन एकेडेमीकी स्मृती राईलाई २१–३, २१–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका हुन्।

प्रतियोगिताको पुरुष खुल्ला युगल तर्फको खेलमा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी क्वाटरफाइनल प्रवेश गर्न सफल भयो। उक्त जोडीले ईटहरीका कुशुम मगर र उदय थापाको जोडीलार्य २१–१४ को समान अन्तरले पराजित गरेको हो। यस्तै बेलबारीका अजय चौधरी र मन्दिप घलेको जोडीले ओखलढुङ्गाका एजुकेल राई र मनिष राईको जोडीलाई २१–८, २१–१७, धरानका प्रकाश लिम्बु र श्याम सुब्बाको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका केनिश मगर र निर्जल मगरको जोडीलाई २१–१३, २१–११, सुनसरीका सन्तोष खड्का र रविन साउदेनको जोडीले बेलबारीका दिनेश पन्त र मुहाङ राईको जोडीलाई २१–११, २१–१९, ईटहरीका सुसन राई र राम योञ्जनको जोडीले बेलटार ब्याडमिन्टनका बिनय चौधरी र सनिल चौधरीको जोडीलाई २१–९, २१–१२, पाँचथरका एशिया जुवेगु र तेर्‍हथुमका नविन सिलवालको जोडीले ईटहरीका रमेश लामिछाने र अशोक राईको जोडीलाई २१–८, २१–७ले, बेलबारीका नविन राई र लाक्पा शेर्पाको जोडीले ईटहरीका पुर्ण बुढा र सविन खनालको जोडीलाई २०–२२, २१–१७, २१–१९ ले तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडीले तेर्‍हथुमका रविन अङखेवा र झुम्काका नुनुलाल चौधरीबाट वाकओभर प्राप्त गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन्।

प्रतियोगिता अन्तर्गत आईतबार सेमिफाइनल र फाइनलका खेल हुने छन्। प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगल तर्फ २१, आन्तरिक युगल तर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएका छन्।

करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछन्। यस्तै महिला एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक बीचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०७७ १२:४५ शनिबार

मेयर कप ब्याडमिन्टन प्रतियोगिता सिमा राजबंशी सेमिफाइनलमा