१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला राष्ट्रिय भलिबल: पुनरागमनमा पुलिसलाई सफलता

दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबिबी एनभिए महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो। सुरुआती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो। तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित हात पारेको थियो। 

निर्णायक सेट २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकालेको हो। यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ।२ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ। पुलिस लिगको तेस्रो स्थानमा छ।उता नतिजा सुम्पिएको एपिएफको यो पहिलो हार हो।एपिएफले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ। भरतपुरमाथि न्यु डायमन्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो। यस जितसँगै न्यु डायमन्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ। न्यु डायमन्डले ३ खेलमा ७ अंक जोडेको छ।पराजित भरतपुरको यो लगातार दोस्रो हार हो।

शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो। सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ। उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो ।

यस्तै पुरुषतर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो। एपिएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो। अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द क्लबलाई २५–१५, २५–१६ र २९–२७ को सोझो सेटमा पराजित गरेको छ ।

प्रकाशित: २२ चैत्र २०७७ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App