८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होङ्गान्जी न्यु डायमन्ड एकेडेमीले पहिलो सफलता हात पारेको छ।  

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

उक्त खेलमा एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन्। अर्को निकै प्रतिस्पर्धात्मक खेलमा न्यु डायमन्डले आर्मीको चुनौती ३–१ ले समाप्त पार्‍यो। न्यु डायमन्डले सुरुआती दुई सेट आफ्नो बनाउँदै सहजै जित निकाल्ने संकेत गरे पनि आर्मीले तेस्रो सेटमार्पmत पुनरागमन गर्‍यो।  

न्यु डायमन्डले पहिलो दुई सेट २५–१८ र २५–२१ ले आफ्नो बनाउँदै आर्मीमाथि दबाब बनाएको थियो। तर, तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो बनाउँदै पुनरामगनको संकेत गर्‍यो। चौथो सेटमा आर्मीले सुरुआती अग्रता लिए पनि जोगाउन सकेन। न्यु डायमन्डले २५–२१ ले सेट आफ्नो बनाउँदै प्रतियोगितामा पहिलो जित निकाल्यो।

यसअघि न्यु डायमन्ड पुलिससँग पराजित भएको थियो। आर्मीविरुद्ध न्यु डायमन्डकी झरना श्रेष्ठ प्लेयर अफ दी म्याच भइन्। आर्मी लगातार दोस्रो पटक पराजित भएको छ। तीन खेल खेलेको आर्मीले एक खेल जितेको छ। प्रतियोगिताको विजेताले पाँच लाख, दोस्रोले दुई लाख, तेस्रोले एक लाख र चौथोले ५० हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App