१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दोस्रो अकिआस फुटसल कपको उपाधि ‘टिम कालिका’ले जित्यो

रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो ।  

त्यसैगरी भूमेदेवी कल्लेरी युवा क्लव नुवाकोटले ६–१ गोल अन्तरले आयोजक टिम शैक्षिक, ज्ञानी, वौद्धिक र प्रज्वलित समाज (अकिआस)लाई पराजित गरेको छ । खेलमा भूमेदेवी कल्लेरी युवा क्लव तेस्रो र शैक्षिक, ज्ञानी, वौद्धिक र प्रज्वलित समाज (अकिआस) सान्त्वना भएको छ ।  

अकिआसले सदरमुकाम धुन्चेमा फुटबलको सानो रूप ‘फुटसल’ सञ्चालन गरेको थियो । प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका थिए । खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वित्तीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।  

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।

प्रकाशित: २३ फाल्गुन २०७७ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App