१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

वर्षाले बिथोल्यो बर्मुडामा नेपालको तयारी

काठमाडौँ- आइसिसी डिभिजन ३ क्रिकेटका लागि बर्मुडा पुगेको नेपाली टोलीको अभ्यासलाई वर्षाले बिथोलेको छ। नेपाल र बर्मूडा ११ बीच आज अभ्यास खेल हुने कार्यक्रम थियो। रातभर परेको पानीले पिच र आउटफिल्ड भिजेका कारण अभ्यास खेल स्थगित गर्न बाध्य हुनुपरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यसअघि भिसा समस्याका कारण नेपाली टोली समयमा नै पुग्न नसकी अभ्यास खेल खेल्नबाट वञ्चित हुनुपर्ने स्थिति आएको थियो। तर भिसा समस्या हल भई टोली निर्धारित समयमै बर्मुडा पुगे पनि मौसमका कारण अभ्यास खेल खेल्न सकेन। 

अभ्यास खेल स्थगित भए पनि नेपाली टोलीले साउथ ह्याम्पटनस्थित रेन्जर्स क्लब ग्राउन्डमा तीन घण्टासम्म नेट र सेन्टर विकेटमा अभ्यास गरेको थियो। 

भोलि पनि नेपालले सेन्ट डेभिस ग्राउन्डमा नेट सेसन गर्नेछ। 

भोलि नै नेपाली कप्तान पारस खड्कासहित प्रतियोगितामा सहभागी सबै टोलीका क्याप्टेनहरु पत्रकार सम्मेलनमा उपस्थित हुनेछन्। प्रतियोगितामा आयोजक बर्मुडा, इटली, ओमान, युगान्डा र अमेरिका सहभागी छन्।

आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले अमेरिकासँग खेल्नेछ।  

डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।

बर्मुडामा रहेको नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवास खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, वसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल बिक छन्।

 

प्रकाशित: १३ वैशाख २०७० ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App