९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

लिग चरणमा जमैकाले ब्यहोर्‍यो छैटौं हार, सन्दीपको उत्कृष्ट प्रर्दशन जारी

फाइल तस्वीर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पुनः हार बेहोरेको छ। सोमबार बिहान सम्पन्न लिग चरणको अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित बनेको हो। १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो। प्रतियोगिताको सुरुवातदेखिनै ब्याटिङमा समस्या देखिएको जमैकाको हारको कारण पुनः ब्याटिङनै बन्यो।

राम्रो सुरुवात गरेको जमैकाको एक समय ८३ रनमा कुनै विकेट पतन भएको थिएन र उसलाई जीतको लागि मात्र ६३ रनको आवस्यक्ता थियो। तर, ८४ रनमा पहिलो विकेटको रुपमा ओपनर ग्लेन फिलिप्सलाई ४९ रनमा गुमाएपछि मात्र १८ रनमा ६ विकेट गुमाउन पुग्यो। जुक्सका लागि जाहिर खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए।  

यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। नजीबुल्लाह जादरानले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रहकेस कार्नवाल र रोस्टोन चेसले समान ३२ रन बनाएका थिए। जमैकाका मुजिव उर रेहमानले २ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए। सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २० रन खर्चिएर १ विकेट लिएका हुन्।

यो सिजन पनि सिपिएलमा राम्रो प्रर्दशन गरेका सन्दीपको उत्कृष्ट प्रर्दशन जारी छ। सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिइसकेका छन्। सन्दीप ५.०५ को इकोनमीसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँच नम्बरमा छन्। यो सिजन सन्दीप प्रतियोगितामा सर्वाधिक किफाएती बलर रहेका छन्।  

यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको जमैकाले अब पहिलो सेमिफाइनलमा मंगलबार ट्रिनबागो नाइटा«इडर्ससंग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २२ भाद्र २०७७ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App