१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तलाबाज नवौं खेलमा पराजित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्वान्टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज नवौं खेलमा पराजित भएको छ।

सिपिएलअन्तर्गत शनिबार भएको दिनको दोस्रो खेलमा तलाबाजले बार्बाडोस ट्रिडेन्सलाई ७ विकेटको नतिजा सुम्पिएको हो। तलाबाजले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य ट्रिडेन्सले १८.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो।

ट्रिडेन्सका कप्तान जसन होल्डरले सर्वाधिक ६९ रन जोड्दा जोनाथन कार्टरले अविजित ४२ तथा मिचेल सान्टनरले अविजित ३५ रनको योगदान दिएका थिए। २ रन जोड्दा ओपनर जोन्सन चाल्र्सलाई गुमाएको ट्रिडेन्सले थप १५ रन जोड्दा समरा ब्रुकलाई दोस्रो विकेटको रूपमा गुमायो। चाल्र्सलाई थोमसले बोल्ड गरेका थिए भने ब्रुक्सलाई म्याक्सबिनले बोल्ड गरेका थिए। त्यसपछि ब्याटिङका लागि आएका होल्डरले कार्टरसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै ट्रिडेन्सको इनिङ अघि बढाएका थिए।

यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको तलाबाजका सन्दीप, थोमस र म्याक्सबिनले समान एक विकेट लिए। सन्दीपले चार ओभरमा २६ रन खर्चंदै एक विकेट लिएका थिए।

होल्डरले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए भने कार्टरले ४४ बलमा ४ चौका प्रहार गरे। सान्टनरले २१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको तलाबाजका सन्दीप, थोमस र म्याक्सबिनले समान एक विकेट लिए। सन्दीपले ४ ओभरमा २६ रन खर्चंदै १ विकेट लिएका थिए। सन्दीपले १३औं ओभरको तेस्रो बलमा होल्डरलाई एलबिडब्लुको सिकार बनाएका थिए। जारी प्रतियोगितामा उनको यो १३औं विकेट हो।

प्रतियोगितामा ९ खेलमा  १८ अंकका साथ ट्रिनबागो नाइटराइडर्स शीर्ष स्थानमा छ भने गुयना एमेजना वारियर १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ। सेन्ट लुसिया जौक्स १० अंकका साथ तेस्रो स्थानमा छ भने तलाबाज ९ खेलमा ७ अंकका साथ चौथो स्थानमा छ। ६ अंकका जोडेको बार्बाडोस ट्रिडेन्स र ३ अंक जोडेको सेन्ट किट्स एन्ड न्याभी  प्याट्रियोट्स भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको तलाबाजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको थियो। तलाबाजका जर्मान ब्ल्याकउडले सर्वाधिक ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रन जोडे। ब्ल्याकउडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दा २८ बल खेलेका रसेलले ४ चौका र ५ छक्का प्रहार गरे।

प्रकाशित: २२ भाद्र २०७७ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App