५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

इङ्ल्यान्डका कप्तान इयान मोर्गानले पाकिस्तानसँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा पाँच विकेटको जित निकालेपछि आफूले पहिलेको तुलनामा राम्रो प्रदर्शन गरेको बताएका छन्।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार जित निकाल्दै तीन खेलको शृंखलामा अग्रता लिएपछि मोर्गानले तुलनात्मक रूपमा आफ्नो प्रदर्शनमा सुधार भएको बताएका हुन्। पाकिस्तानका लेग स्पिनर सादाब खानले ह्याट्रिक विकेट लिने समय क्रिजमा आएका मोर्गानले १ सय ९६ रनको विशाल लक्ष्य भेट्टाउन आक्रामक ब्याटिङ गरेका थिए। ६६–२  को स्थितिमा इङ्ल्यान्डको क्रिज सम्हालेका आइरिस ब्याट्सम्यान मोर्गानले ३३ बलमा ६६ रन बनाए। डेविड मलानले पनि ५४ रनको अविजित इनिङ खेल्दै पाँच बलअगावै घरेलु टोलीलाई सफलता दिलाए।  

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ। म्यानचेस्टरमा भएको पहिलो खेल भने वर्षाका कारण प्रभावित भएको थियो। ३३ वर्षे मोर्गानले आफ्नो नेतृत्वमा गत वर्ष लर्ड्समा सम्पन्न विश्वकप फाइनलमा रोमाञ्चक जित निकाल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल करियरप्रति विचार पु¥याउने अवस्था सिर्जना गरेका थिए। यदि उनले नै इङ्ल्यान्डको टोलीको नेतृत्वमा गर्छन् भने सन् २०२१ मा भारतमा हुने ट्वान्टी–२० विश्वकप पनि उचाल्ने अवसर उनीसँग हुनेछ।

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।

तुलनात्मक रूपमा पछिल्ला समयभन्दा राम्रो खेलेको हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हो मैले पहिलेभन्दा राम्रो खेलेको छु, जुन केही वर्षयता मेरो आँकडाले पनि बताउँछ। यसले मेरो करियरलाई पनि उँचो राख्न मद्दत पु-याउँछ।’ उनले आफ्नो अनुभव र फर्मलाई एकीकृत गरेर प्रदर्शन गर्न सके अझ केही जित आत्मसात् गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। आइतबार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानविरुद्ध कुनै पनि राष्ट्रले दोस्रो पटक विशाल लक्ष्य भेट्टाउन सफल भयो। यसअघि सन् २०१० को ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध १ सय ९९ रनको विशाल लक्ष्य पूरा गरेको थियो।  

इङ्ल्यान्डविरुद्ध भेट्रान ब्याट्सम्यान मोहम्मद हाफिजले ६९ रनको अर्धशतकीय योगदान दिँदै पाकिस्तानलाई निर्धारित २० ओभरमा १८५–४ को स्थितिमा उभ्याउन सफल बनाएका थिए। विश्व नम्बर एक ट्वान्टी–२० ब्याट्सम्यान कप्तान बाबर आजमले पनि ५६ रनको योगदान गर्दै पाकिस्तानको इनिङलाई बलियो बनाएका थिए। ‘हाम्रो योगफल राम्रो नै थियो,तर राम्रो बलिङ गर्न सकेनौं। हामीले बलिङमा निकै संघर्ष गर्नुप¥यो,’ बाबरले भने, ‘साथै मलान र मोर्गानको राम्रो ब्याटिङको पनि कदर गर्नुपर्छ। दबाबको समयमा पनि बलरले राम्रो बलिङ गर्नुपर्छ भन्ने यस शृंखलाले सिकाएको छ।’

आमिरलाई चोट
दुई ओभर बलिङ गरेपछि पाकिस्तानका महत्वपूर्ण तीव्र गतिका बलर मोहम्मद आमिरले मैदान छाड्नुपरेको थियो। ‘दायाँ खुट्टामा उनलाई ह्याम्सट्रिङको समस्या भयो। मेडिकल स्टाफले पूर्ण रूपमा हेरेपछि मात्र अन्य पक्ष थाहा हुनेछ,’ पाकिस्तानी टोलीका एक सदस्यले भने। इङ्ल्यान्डका ओपनर जोनी बेयरस्टो र टोम ब्यान्टनले ६६ रनको ओपनिङ साझेदारी गर्दै पाकिस्तानी बलरमाथि दबाब सिर्जना गरेका थिए। पाकिस्तानी बलर सादाब खानले बेयरस्टोलाई ४४ र ब्यान्टनलाई २० रनमा लगातार आउट गर्दै खेल आफ्नो पक्षमा ल्याउने प्रयास गरेका थिए।  

खानले तेस्रो बलमा पनि मोर्गानलाई एलबिडब्लुको धरापमा पार्दै ठूलो झड्का दिने प्रयास गरेका थिए। यद्यपि, अम्पायर कलका कारण खानको योजना सफल हुन सकेन र कप्तान मोर्गान नै खेलका नायक बने। पाकिस्तानका अर्का बलर हरिस रौफले मोर्गान र मोइन अलीको विकेट लिए पनि घरेलु टोली जितनजिक पुगिसकेको थियो। 

प्रकाशित: १६ भाद्र २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App