६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सागमा पदक विजेता खेलाडीलाई सम्मान, नगद खेलाडीकै खातामा

क्याप्शन

झण्डै नौ महिनापछि गण्डकी प्रदेश सरकारले सागमा पदक विजेता खेलाडीलाई नगद खातामा हालिदिएको छ । गण्डकी प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रम २०७७/७८ मा सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णयसँगै प्रदेश सरकारले कोभिड–१९ कै कारण सार्वजनिक कार्यक्रम नगरी खेलाडीहरूकै खातामा रकम जम्मा गरिदिएको हो ।

नेपालले गत मंसिर १५ देखि २४ गतेसम्म आयोजित १३औं दक्षिण खेलकुद प्रतियोगिता सम्पन्न गरेको थियो । काठमाडौंसहित पोखरामा आठ खेल आयोजना हुदाँ जनकपुरमा भने एउटा आयोजना गरिएको थियो । सागमा नेपाली खेलकुदकै इतिहासमा सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो ।  

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट व्यक्तिगत तथा टिम इभेण्टको प्रतिस्पर्धामा गरी ४० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागि सबै खेलाडीले पदक जितेका थिए । खेलाडीहरूले विभिन्न २१ खेलमा पदक जितेको तथ्यांक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले औंल्याएको छ । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा व्यक्तिग र टिम इभेण्टमा गरी ४ स्वर्ण, २३ रजत र १६ कास्य जितेका थिए ।  

‘खातामै पैसा आयो । हिजो मात्रै आईपुग्यो ।’ आर्चरीका खेलाडी एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेचरनले बताए । कास्कीका टेनिस खेलाडी प्रदीप खड्काले पनि आफनो खातामा प्रदेश सरकारले सम्मान स्वरुप पैसा जम्मा गरिदिएको सुनाए ।  

प्रदेश सरकारले व्यक्तिगत तर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश १ लाख ७५ हजार र ५० हजार रुपैया प्रदान गरेको छ । टिम इभेण्ट तर्फको विजेतालाई ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरिएको छ । गण्डकी प्रदेशका नविन रसाईली कराँते (बाग्लुङ), पार्वती गुरुङ तेक्वान्दो (लमजुङ) र स्याङजाकी प्रशंसा क्षत्रीले तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए । फुटबलमा सुमन अर्याल( नवलपुर)ले स्वर्ण पदक जितेका थिए । साईक्लिङमा पोखराकी जमूना थापा र उषा खनालले रजत पदक जितेकी थिईन् । कराँते तनहुँकी अनु गुरुङले रजत पदक जितेकी थिईन् ।  

अरुण शाही (भलिबल, म्याग्दी रजत), उसुमा विन्दु पुन(म्याग्दी, रजत), टेवल टेनिसका दिनेख खनिया(लम्जुङ, रजत), महिला भलिबल तर्फ उषा भण्डारी(तनहुँ, रजत),सेफिया पुन(बाग्लुङ, रजत), हिरा केसी(पर्वत, रजत), कमला पुन(म्याग्दी, रजत), महिला बास्केटल तर्फ एलिना गुरुङ (कास्की, रजत), रचना श्रेष्ठ(गोरखा, रजत), अनुषा मल्ल(तनहुँ, रजत),प्रिती तुलाचन(बाग्लुङ, रजत), पौडीकी दुवाना लामा(मनाङ, दुई रजत), महिला फुटबल तर्फ सावित्रा भण्डारी(लमजुङ, रजत), महिला ट्रायथोलन केशरी थापामगर(तनहुँ, रजत), महिला खो खो धनमाया दर्लामी(बाग्लुङ, रजत), महिला ह्याण्डबल झिनमाया थापा(कास्की, रजत), महिला बक्सिङ संगीता सुनार(कास्की, रजत), फेन्सिङ सीता पाठक(स्याङजा, रजत), तेक्वान्दो निमा गुरुङ(मुस्ताङ, रजत) पदक जितेका थिए ।  

त्यसैगरी कास्य पदक विजेताहरूमा कराँते राजकुमार रसाईली(बाग्लुङ), सोमबहादुर थापा( गोरखा, एथलेटिक्स), योगेन्द्र शेचरन(आर्चरी, कास्की), प्रदीप खड्का( कास्की, टेनिस), नविन मगर(म्याग्दी, टेनिस), कृष्ण थापा(गोरखा, स्क्वास), अमृत थापामगर गोरखा, स्क्वास), शिवबहादुर बराम(गोरखा, जुडो), करण केसी(बाग्लुङ, क्रिकेट), तारादेवी पुन(म्याग्दी, भारोत्तोलन) मनकुमारी कुमाल(तनहुँ, भारोत्तोलन) रहेका छन् ।

प्रकाशित: १० श्रावण २०७७ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App