१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रंगभेदी व्यवहार भयोः आर्चर

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था नरहेको बताएका छन्।

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा पराजित भएपछि आर्चर आफ्नो परिवार भेट्न गएका थिए, जुन टोली निर्देशनविपरीत भएको भन्दै इङ्ल्यान्ड क्रिकेट बोर्डले आर्चरलाई दोस्रो टेस्टदौरान टोलीमा समावेश गरेको थिएन। अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट प्रदर्शनप्रेरित इङ्ल्यान्डले दोस्रो टेस्ट जित्दै तीन टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको थियो।

लगातार दुई पटक पिसिआर परीक्षणको नतिजा नगेटिभ आएसँगै आर्चर तेस्रो टेस्टका लागि टोलीमा फर्कने बताइएको थियो।  

आर्चरले कुनै अपराध नगरेको बताएका छन्। उनले सामाजिक सन्जालमा आफूविरुद्ध रंगभेदी दुव्र्यवहार भएकाले शुक्रबार हुने तेस्रो टेस्ट खेल्ने नखेल्ने दुबिधामा परेको बताएका छन्।

‘म अहिले मानसिक रूपमा खेल्न तयार छैन, त्यसैले शुक्रबार हुने तेस्रो टेस्टमा सम्भवतः म मैदान उत्रने छैन,’ आर्चरले भने, ‘म मैदान उत्रिएर स्वाभाविक प्रदर्शन गरिनँ भने पनि मेरो आलोचना हुन्छ। त्यसैले म अहिले मैदान फर्कने मनस्थितिमा छैन।

इङ्ल्यान्ड टोलीमा स्टुवार्ट ब्रोड, साम कुरान, जेम्स एन्डरसन र मार्क उडजस्ता अनुभवी खेलाडी भएकाले आर्चरको अनुपस्थिति भने टोलीका लागि धेरै फरक नपर्न सक्छ।  

‘म जब मैदान उत्रन्छु शतप्रतिशत प्रदर्शन गर्छु,’ आर्चरले भने, ‘त्यसैले मानसिक रूपमा पूर्ण फिट नभएसम्म म विरलै मैदान उत्रन्छु।’

प्रकाशित: ८ श्रावण २०७७ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App