५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

डिबाला र माल्दिनीलाई कोरोना

रोम – इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले आफू कोरोना संक्रमित भएको बताउँदा एसी मिलानका पूर्वरक्षक पाउलो माल्दिनी र उनका छोरामा पनि कोरोना पुष्टि भएको छ।

‘सबैमा नमस्कार, हामीले कोभिड १९ को परीक्षण गरेका थियाैँ र त्यसको नतिजा आएको छ। म र मेरी पे्रमिका ओरिना साबाटिनीमा कोरोना पोजेटिभ भेटिएको छ,’ डिबालाले ट्विट गरेका छन्, ‘भाग्यवश अहिले हामी दुवै उपचारको क्रममा छौं र हाम्रो अवस्था सुधारोन्मुख छ।’

सिरी ‘ए’ विजेता युभेन्ट्सले डिबालाले बुधबारबाटै सेल्फ आइसोलेसनमा बसेको बताएको छ। ‘उनी निरन्तर चिकित्सकको निगरानीमा छन्। आशा छ, उनी छिट्टै स्वास्थ्य भएर फर्कनेछन्,’ युभेन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App