१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

युएस ओपन पनि सर्न सक्ने

न्युयोर्क – अमेरिकी टेनिस एसोसिएसनले कोरोना भाइरसको महामारी विकास भइरहे आगामी अगस्टदेखि सुरु हुने युएस ओपनको मिति सर्ने मंगलबार जनाएको छ।

यद्यपि, अमेरिकी एसोसिएसनले अन्य च्याम्पियनसिपका आयोजक, अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन, एटिपी र डब्लुटिए टुरसँग परामर्श गरेपछि मात्र नयाँ मिति तय हुने जनाएको छ। ‘हामी एकतर्फी निर्णय गर्ने पक्षमा छैनौं। सबै च्याम्पियनसिपको निर्णय आएपछि मात्र मिति तय हुनेछ,’ अमेरिकी टेनिस एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। फ्रेन्च टेनिस फेडेरेसनले मंगलबार वर्षको दोस्रो ग्रान्ड स्लामको मिति सारेसँगै युएस ओपनले पनि नयाँ मिति तय हुने जनाएको छ। फ्रेन्च टेनिस अन्य सरोकारावालासँग कुनै छलफल नगरी मे २४ देखि जुन ७ सम्म हुने फ्रेन्च ओपन सार्ने निर्णय गरेको छ। फ्रेन्च टेनिसले भयका कारण हतारमा निर्णय गर्दै यस संस्करण आगामी सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्म हुने जनाएको छ।

फ्रेन्च ओपनले तय गरेको नयाँ मिति युएस ओपन समापनको एक हप्तापछाडि नै हो। फ्रेन्च टेनिसको नयाँ मिति तय गरेसँगै युएस ओपन, एटिपी र डब्लुटिए पनि आश्चर्यमा परेको छ। साथै फ्रेन्च ओपनको नयाँ मितिपश्चात् बोस्टनमा हुने लाभेर कपलगायतमा पनि प्रभाव पर्ने भएको छ। युरोपका शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा रोजर फेडेररले पनि खेल्ने कार्यक्रम छ। अमेरिकी ओपन भने अगस्ट २४ देखि सेप्टेम्बर १३ सम्म न्युयोर्कमा हुनेछ। ‘फेडेरेस सन् २०२० को युएस ओपन सञ्चालन गर्ने योजनामै छ। तर अहिलै नै नयाँ कार्यतालिका तय गर्ने पक्षमा भने हामी छैनौं,’ अमेरिकी टेनिस एसोसिएसनले उल्लेख गरेको छ, ‘अहिले निर्णय गरिहाल्ने अवस्था छैन। हामी सकेसम्म सबै उपाय अपनाएर खेल सञ्चालन गर्ने योजनामै छौं।’     

फ्रेन्च टेनिस फेडेरेसनले मंगलबार वर्षको दोस्रो ग्रान्ड स्लामको मिति सारेसँगै युएस ओपनले पनि नयाँ मिति तय हुने जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App