१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ओलम्पिक सार्न दबाब छैन : आबे

टोकियो – कोरोना भाइरसका त्रासका कारण पछिल्लो केही दिनयता विश्वका प्राय सबै राष्ट्रहरूले पूर्वनिर्धारित सम्पूर्ण खेलकुदका गतिविधिमा रोक लगाएका छन्। यससँगै जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक २०२० को आयोजनाका बारेमा विभिन्न खबर सार्वजनिक भैरहेका छन्।

तर जापानका प्रधानमन्त्री सिन्जो आबेले शनिबार आफूहरूमाथि टोकियो ओलम्पिक २०२० सार्न कुनै दबाब नआएको बताएका छन्। आबेले आफूहरू जुलाईमै प्रतियोगिता गर्न प्रतिबद्ध रहेको बताएका हुन् । विश्वमा करिब १ लाख ४० हजार मानिसमा कोरोना पुष्टि भएको र ५ हजार ४ सय जनाको मृत्यु भए पनि आफूहरू जापानमा अहिले नै संकटकाल घोषणा गर्र्ने अवस्थाको र्सिजना नभइसकेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई २ दिनअघि मात्र ओलम्पिक खेल सार्न आग्रह गरेका थिए। त्यसको जबाफमा आबेले प्रतियोगिता पूर्वनिर्धारित समयमा नै हुने बताएका हुन्।

‘हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग निरन्तर सम्पर्कमा छौं। अहिलेसम्म टोकियो ओलम्पिक २०२० को पूर्वनिर्धारित तालिकामा कुनै परिवर्तन गरिएको छैन। हामी कुनै अवरोधबिनै ओलम्पिक निर्धारित समयमा आयोजना गर्न प्रतिबद्ध छौं।’

‘हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग निरन्तर सम्पर्कमा छौं। अहिलेसम्म टोकियो ओलम्पिक २०२० को पूर्वनिर्धारित तालिकामा कुनै परिवर्तन गरिएको छैन,’ आबेले भने, ‘हामी कुनै अवरोधबिनै ओलम्पिक निर्धारित समयमा आयोजना गर्न प्रतिबद्ध छौं।’ केही दिनअघि मात्र कोरोनाको त्रासका कारण इङ्लिस प्रिमियर लिगका साथै अमेरिकाको एनबिए बास्केटबल र अगस्टा मास्टर्स गल्फजस्ता प्रमुख प्रतियोगिताहरु रद्द गरिएको थियो। जापानको संसद्ले शुक्रबार मात्र कोभिड १९ का कारण जापानमा संकटकाल घोषणा गर्ने अधिकार प्रधानमन्त्री आबेलाई दिएको थियो। आबेले भने अहिले त्यो अवस्था आइनसकेको बताएका हुन्।

कोरोना भाइरसका कारण जापानमा ७ सय जना प्रभावित छन् नभने २१ जनाको मृत्यु भइसकेको छ। आइओसीका प्रमुख थोमस बाचले पनि बिहीबार विश्व स्वास्थ्य संगठनको निर्देशन मान्ने बताउदै अहिले प्रतियोगिताको मिति परिवर्तन गर्नु भन्दा पनि आफूहरू प्रतियोगिताको तीव्र तयारीमा रहेको बताएका थिए।

प्रकाशित: २ चैत्र २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App