६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टुसालको फराकिलो जित

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार टुसाल युथ क्लबले झम्सिखेल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका टुसालले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फराकिलो जित निकाल्न सफल भएको हो। टुसालको जितमा मोहित गुरुङ र एलन राईले समान दुई गोल गरे। यस्तै भूपेन्द्र शाहीले एक गोल थपे। ४७औं मिनेटमा  मोहितको गोलबाट अग्रता लिएको टुसालले ७५औं मिनेटमा वैकल्पिक खेलाडी भूपेन्द्रको गोलबाट अग्रता दोब्बर पारेको थियो। त्यसको चार मिनेटपछि  एलोनको गोलबाट टुसालले अग्रता तेब्बर बनाउन सफल भएको थियो।

३–० को अग्रता बनाइसकेपछि झम्सिखेलमाथि हाबी भएको टुसालले खेल सकिन पाँच मिनेट बाँकी रहँदा मोहितको गोलबाट अग्रता ४–० मा पुर्‍याएको थियो। इन्जुरी समयमा एलनले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। जितसँगै टुसालले ३ खेलबाट दोस्रो जित निकालेको हो। ६ अंक जोडेको  टुसाल लिगको तेस्रो स्थानमा र छ। यस्तै पराजित झम्सिखेलले ३ खेलमा दोस्रो हार बेहोरेको छ। झम्सिखेल १ अंकका साथ तालिकाको १०औं स्थानमा छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:२० शुक्रबार

‘बी’_डिभिजन_लिग राजधानी