५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

शिवरामलाई उपाधि

काठमाडौं – शिवराम श्रेष्ठले बुधबार पाइलट गल्फर्स एनपिजिए क्लासिकको उपाधि जितेका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शिवरामले सूर्य नेपाल गल्फ टुर २०१९–०२० को चौथो इभेन्ट पाइलट गल्फर्स एनपिजिए क्लासिकको उपाधि जितेका हुन्। उनले शुक्रबहादुर राईमाथि तीन स्ट्रोकको जित निकाल्दै सिजनको दोस्रो र करियरको ४६औं उपाधि उचाले। शिवरामले अन्तिम दिन तीन अन्डर ६५ स्कोर गर्दै कुल ५४ होलको समाप्तिमा १२ अन्डर १ सय ९६ स्कोर बनाए।

शुक्रबहादुरले अन्तिम दिन तीन अन्डर ६५ स्कोर बनाए पनि उपाधि जित्न पर्याप्त भएन। शिवरामले उपाधिसहित ९० हजार र शुक्रबहादुरले ६० हजार रुपैयाँ प्राप्त गरे। कुल पाँच अन्डर २ सय ३ स्कोर गरेका बलभद्र राई तेस्रो हुँदा ४५ हजार रुपैयाँ प्राप्त गरे। भुवन नगरकोटी र दिनेश प्रजापति संयुक्त रूपमा चौथो भए। दुवैले ३३ हजार रुपैयाँ प्राप्त गरे। समग्रमा तेस्रो भएका एमेच्योर गल्फर सुवास तामाङले एमेच्योरतर्फको ट्रफी उचाले।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले कुल सात अन्डर २०१ स्कोर बटुल्दा अन्तिम दिन तीन अन्डर ६५ स्कोर गरेका थिए। एमेच्योरतर्फ जितेन्द्र राई दोस्रो भए। प्रतियोगितामा ३७ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४५ गल्फरले चुनौती प्रस्तुत गरेका थिए। प्रतियोगितामा कुल ५४ होलमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका विजेतालाई नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायले पुरस्कृत गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App