८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बिहीबारदेखि डबल लिग भलिबल

काठमाडौं – बिहीबारदेखि १५औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताका सुरु हुँदै छ।

यस संस्करणको डलब लिग बिहीबारदेखि सुरु भई माघ २८ गतेसम्म चल्नेछ। जसमा साबिकको विजेता एपिएफसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ। यसपटक साबिक विजेता एपिएफसहित होङ्ग्वान्जी न्यु डायमन्ड स्पोट्स क्लब, सामाखुुसी इङ्लिस बोर्डिङ स्कुल (सेब), बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुल, चुली युवा क्लब, चितवन टाइग्रेस र आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।

आगामी २४ माघसम्म चल्ने पहिलो राउन्डमा हरेक १० टोलीले एकअर्कासँग १-१ खेल खेल्नेछन्। त्यसपछि दोस्रो राउन्ड हुनेछ। पहिलो राउन्डबाट शीर्ष सात टोलीले दोस्रो राउन्डमा स्थान बनाउनेछन्। दोस्रो राउन्डमा पनि सबै टोलीले एकअर्कासँग समान १-१ खेल खेल्नेछन्। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। पहिलो खेलमा बुलबुले रारा र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा आर्मी र सेब, तेस्रो खेलमा एपिएफ र चुली तथा अन्तिम खेलमा न्यु डायमन्ड र पारामाउन्टबीच प्रतिस्पर्धा हुनेछ। लिगको विजेताले ४ लाख ५ हजार, उपविजेताले दुई लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार रुपैयाँ पाउनेछन्।

चौथौदेखि सातौंसम्मले क्रमशः ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन्। लिगका उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिजले स्कुटर पाउनेछन्। भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेताले पनि १-१ मोटरसाइकल पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्टले जनही सात हजार रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: १६ माघ २०७६ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App