१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

केब्सलाई लुम्बिनी अन्तरकलेज फुटसल उपाधि

काठमाडाैँ – राज थोकरको निर्णायक गोलप्रेरित कुमारी बोर्डिङ इङ्लिस स्कुल (केब्स) ले आइतबार प्रथम लुम्बिनी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

होलिभिजन एजुकेसन फाउन्डेसनको मुख्य प्रायोजन तथा लुम्बिनी एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा केब्सले इनसाइट भिजन कलेज ‘ए’ लाई १–० ले हराउँदै उपाधि जितेको हो। माघ १० गतेबाट सुरु प्रतियोगिताका सम्पूर्ण खेल चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फुटसलमा सम्पन्न भएको हो। त्यस्तै इनसाइट भिजन ‘बी’ ले साइपाल एकेडेमीलाई ५–२ ले हराउँदै तेस्रो स्थान हात पा-यो।

प्रतियोगिताको विजेता केब्स कलेजले नगद ५० हजार हात पार्दा उपविजेता इनसाइट भिजन ‘ए’ ले नगद २५ हजार हात पा-यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी केब्सका राज थोकर भए भने सर्वोत्कृष्ट गोलकिपर केब्सकै अशोक गिरी भए। सर्वाधिक गोलकर्ता भने इनसाइट भिजन ‘ए’ का पदम भट्टराई भए। तीनवटै विधाका विजेता खेलाडीले एजुकेसन फाउन्डेसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर हात पारे।

प्रतियोगिताका विजेता खेलाडीलाई बागमती प्रदेशका सांसद नरोत्तम वैद्य,होलिभिजनका प्रतिनिधि तथा कलेजका प्रिन्सिपललगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा उपत्यकाका २३ कलेजको सहभागिता थियो।

प्रकाशित: १३ माघ २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App