२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाली टोली इङ्ल्यान्ड जाने

इङ्ल्यान्ड फुटबल एसोसिएसनका नेसनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्स (बाँया) र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा सम्झौतापत्रमा हस्ताक्षरपछि हात मिलाउँदै । तस्बिर सौजन्य :एन्फा

काठमाडौं -  मे अन्तिम साता इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेलका लागि बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्झौता गरेको छ।

सम्झौताअनुसार नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग उसैको मैदानमा २५ मे मा प्रतिस्पर्धा गर्नेछ। बुधबार एन्फाले एक कार्यक्रमको आयोजना गर्दै इङ्ल्यान्ड एफएको तर्फबाट नेसनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्स र एन्फाको तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरे। खेल एल्डरसट टाउन एफसीको मैदानमा हुनेछ। यस्तै २०२१ मा इङ्ल्यान्डको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आउने समेत एन्फाले जानकारी दियो।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको विकासमा इङ्ल्यान्ड एफएसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। त्यस्तै इङ्ल्यान्ड एफएका तर्फबाट लाउरेन्स जोन्सले पनि सम्झौताले एन्फा र इङ्ल्यान्ड दुवैलाई  फाइदा हुने प्रतिक्रिया दिए।  यसअघि एन्फाका अध्यक्ष शेर्पा इङ्ल्यान्ड भ्रमण गर्दा त्यहाँको एफएसँग नेपाल र इङ्लिस टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि आवश्यक छलफल गरेका थिए।

प्रकाशित: ९ माघ २०७६ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App