७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मोरङलाई उपाधि

धनकुटा - मोरङ फुटबल संघको महिला टोलीले धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न फाइनलमा धनकुटा फुटबल संघको टोलीलाई १–० ले पराजित गर्दै मोरङले उपाधि हात पारेको हो।

मोरङले उपाधिसँगै नगद १ लाखसहित ट्रफी हात पा-यो। त्यस्तै उपविजेतामा चित्त बुझाएको धनकुटाले नगद ५० हजार र ट्रफी पायो। खेलको ४१औं मिनेटमा इमा राईले गरेको  गोल नै मोरङको  जितका लागि निर्णायक भयो। इमाले पेनाल्टीमार्फत गोल गरेकी थिइन्।  धनकुटाकी भूमिका राईले डी बक्स एरियाभित्र बल हातले छोएपछि रेफ्रीले मोरङलाई पेनाल्टी दिएको थियो। मोरङ्की इमा राईले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन्।

इमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। विधागततर्फ मोरङकी कल्पना क्षत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेन्डर घोषित भए। त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी धनकुटाकी सुनीता तामाङ भए। प्रतियोगिताभरि २/२ गोल गरेर सर्वाधिक गोलकर्ताको रूपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भए। सबैलाई नगद पुरस्कार वितरण गरिएको थियो।

विजेता तथा उपविजेता खेलाडीहरूलाई पूर्वमन्त्री सुनिलबहादुर थापा, प्रदेश सांसद लीला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ८ माघ २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App