२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

वार्षिक सम्झौता सूचीबाट हटे धोनी

महेन्द्रसिंह धोनी

नयाँ दिल्ली –  भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बिहीबार विश्वकप विजेता कप्तान महेन्द्रसिंह धोनीलाई वार्षिक सम्झौताको सूचीबाट हटाएको छ।

बिसिसिआईले आगामी एक वर्षका लागि सार्वजनिक गरेको २७ खेलाडीको सूचीमा धोनीको नाम हटाएको हो। ३८ वर्षे धोनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैंले पनि निर्णय नलिएको अवस्थामा वार्षिक सम्झौता सार्वजनिक भएको हो। सन २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेको विश्वकपपछि उनी भारतको राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए।  यसअघि मात्र धोनीलाई बिसिसिआईले वार्षिक सम्झौताको समूह ‘ए’ मा राखेको थियो। श्रेणी ‘ए’ मा परेर खेलाडीले वार्षिक पाँच करोड रुपैयाँ प्राप्त गर्ने गर्दछ। विगत केही समयदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेको भन्दै बोर्डले उनको नाम हटाएको हो।

६ महिनाअघि एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टोलीभन्दा बाहिर रहँदै आएका छन्। बिहीबार सार्वजनिक वार्षिक सम्झौताअनुसार भारतका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराहलाई ‘ए’ प्लस श्रेणीमा राखिएको छ। यस श्रेणीमा रहेका खेलाडीले वार्षिक सात करोड प्राप्त गर्नेछन्। यस्तै श्रेणी ‘ए’ मा रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या रहाने, शिखर धवन, मोहम्मद सामी, ईशान्त शर्मा, कुलदीप यादव, ऋषभ पन्त र केएल राहुल समावेश छन्। उनीहरूका लागि बोर्डले वार्षिक पाँच करोड प्रदान गर्नेछ।

श्रेणी ‘बी’ मा उमेश यादव, युजवेन्द्र चाहल, हार्दिक पाण्डेय, ऋद्धिमन शाह, मायंक अग्रवाल समावेश छन् भने ‘सी’ मा केदार जाधव, मनीष पाण्डे, हनुमान बिहारी, नवदीप साइनी, दीपक चाहर, शार्दूल ठाकुर, श्रेयस ऐयर र वासिङ्टन सुन्दर रहेका छन्। ‘बी’ र ‘सी’ का खेलाडीलाई बोर्डले क्रमशः तीन र एक करोड प्रदान गर्नेछ। भारतका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराहलाई ‘ए’ प्लस श्रेणीमा राखिएको छ। यस श्रेणीमा रहेका खेलाडीले वार्षिक सात करोड रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ३ माघ २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App