५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

केसिटिसीलाई उपाधि

काठमाडौं – पाकिस्तानी दूतावासको आयोजनामा भएको  पाँचाैँ पाकिस्तानी दूतावास  ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि काठमाडाैँ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले जितेको छ  ।

शनिबार भएको फाइनलमा केसिटिसीले इन्जिनियरिङ क्रिकेट क्लबलाई हराउँदै उपाधि जितेको हो। १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राजधानीभित्र र बाहिरका गरी कुल १६ टोलीको सहभागिता थियो। पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको यो पाँचाैँ संस्करण हो। प्रतियोगिताकै कान्छा खेलाडी १४ वर्षे अंश अग्रवाललाई विशेष पुरस्कार दिइएको थियो।प्रतियोगिताको विजेता र उपविजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पुरस्कार प्रदान गरेका थिए ।

‘पाकिस्तानी दूतावासले प्रत्येक वर्ष आयोजना गर्ने यस प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिएको छ।साथै यो प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ बनाउँछ,’चन्दले भने। त्यस्तै पाकिस्तानका राजदूत महजर जाबेदले पनि यस प्रतियोगिताले दुई राष्ट्रबीचको सम्बन्ध थप सुमधुर भएको बताए। साथै उनले नेपालमा पछिल्लो समय युवा पुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेको भन्दै प्रशंसा गरे ।

 

प्रकाशित: २७ पुस २०७६ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App