सिन्धुपाल्चोक - ३ नम्बर प्रदेशस्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगितामा मकवानपुर, चितवन र ललितपुर जिल्लाले विजयी सुरुआत गरेका छन्। चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा शनिबारबाट सुरु प्रतियोगितामा आआफ्ना प्रतिस्पर्धीलाई हराउँदै तीन जिल्लाले सफलता प्राप्त गरेका हुन्।
उद्घाटन खेलमा मकवानपुरले भक्तपुर जिल्लालाई २–० सेटले हरायो।बलराम सुवेदीको म्यान अफ दी म्याच प्रदर्शनप्रेरित मकवानपुरले भक्तपुरलाई २५–१८ र २५–२१ ले पराजित ग-यो।चितवनले सिन्धुली जिल्लालाई २–० सेटले हराउने क्रममा २५–११ र २५–१७ ले सफलता प्राप्त ग¥यो। चितवनका ओमबहादुर कार्की म्यान अफ दी म्याच घोषित भए।
पहिलो दिनको अन्तिम खेलमा ललितपुरले दोलखालाई २५–२० र २५–१६ हराउँदै विजयी सुरुआत ग-यो। ललितपुरलाई लगातार दुई सेट जिताउन सुनिल विकले म्यान अफ दी म्याच प्रदर्शन गरे।नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले भाग लिएका छन्।
आउँदो माघ १ गतेसम्म चल्ने प्रतियोगताको विजेताले दुई लाख दुई हजार दुई र उपविजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। जिल्लाको भलिबल खेल इतिहासमा सर्वाधिक नगद पुरस्कार राशि भएको प्रतियोगिताकामा विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइने आयोजकले बताएको खेलसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजक संस्थाले खेलाडीलाई स्थानीय होमस्टेमा राख्ने व्यवस्था मिलाएको छ।चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले प्रतियोगिताको उद्घाटन गरेका थिए।
प्रकाशित: २७ पुस २०७६ ०१:१८ आइतबार