५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

निलम्बनमा एन्फा लचिलो

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार फुटबलरमाथि लगाइएको निलम्बनको समयावधि गणनामा फेरबदल गरेको छ।

एन्फाको अनुशासन कमिटीले मंगलबार चार फुटबलर विमल घर्तीमगरसहित दिनेश राजवंशी, अन्जन विष्ट र सन्तोष तामाङमाथि लगाइएको निलम्बनको समयावधि गणनामा फेरबदल गरेको हो। एन्फाले आफ्नो वेबसाइटमार्पmत राष्ट्रिय टोलीबाट हटाइएको समय (कात्तिक ३० गते) बाट निलम्बन गर्ने निर्णय भएको उल्लेख गरेको छ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलअघि राति बारमा गएपछि तत्कालै राष्ट्रिय टोलीबाट हटाइएका चारैलाई  निर्णय गरेकै दिनदेखि लागू हुने गरी एन्फाले मंसिर २७ गते निलम्बन गरेको थियो। एन्फा अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा अन्जन र सन्तोषमाथि ४५ दिनका लागि निलम्बन गरेको थियो। साथै समितिले चारै खेलाडीलाई ५० हजार जरिवानासमेत गरेको थियो।

चारैले निलम्बनविरुद्ध गल्ती स्वीकारसहित पुनरवलोकनका लागि एन्फासमक्ष अपिल गरेका थिए। एन्फाको अनुशासन समितिले आफ्नो निर्णयमा पुर्नविचार गर्दै कात्तिक ३० गतेबाट निलम्बनको समय गणना गर्ने निर्णय गरेको छ। समय र जरिवाना नघटाए पनि खेलाडीमाथिको निलम्बनमा एन्फा केही लचिलो बनेको छ। अनुशासन कमिटीको पछिल्लो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन आगामी पुस १५ बाट फुकुवा हुनेछ। यता, विमल र दिनेशको भने माघ ३० गते निलम्बन फुकुवा हुनेछ।

प्रकाशित: ९ पुस २०७६ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App