२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

पोखरा- नेपाली महिला टोलीले ऐतिहासिक स्वर्ण पदक जित्ने अवसरमा फेरी एक पटक भारत बाधक बनेको छ। नियमित प्रतिस्पर्धी भारतको चुनौतिको खुडकिलोलाई पार गर्न नेपालले पोखराको मैदानमा पनि सकेनन।

केही महिना अघि मात्रै विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा पनि भारतीय चुनौतिलाई पन्छाउन नेपाली महिला टोलीको प्रयास अफसल भएको थियो। पोखरामै स्वर्ण पदक जितेर १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नयाँ इतिहास कोर्ने अवसरबाट चुक्दै रजतमा चित्त बुझाउन पुग्यो। लिगको अन्तिम खेलमा १–० गोलले पराजित नेपालले स्वर्ण पदक प्रतिस्पर्धा भने केही कमजोर रह्यो। सोमबार पोखरा रंगशालामा भएको फाईनल प्रतिस्पर्धामा २–० गोलले पराजित हुदैं स्वर्ण विहीनमै चित्त बुझायो।

पहिलो हाफकै १८ औं मिनेटमा गोलको खडेरी तोडेको भारतले दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित बनाएको थियो। गोलकिपरले हानेको बल नेपाली डिफेन्सलाई विट गर्दै एनजी बालादेवीले नेपाली गोलकिपर अगाडि बढेको अवस्थामा गोल गर्दै भारतलाई अग्रता दिलाईन्।

पहिलो गोल काउण्टर अट्याकमा अफसाईड विट गर्दै बालादेवीले गोलगरेपछि नेपाल टोली नैतिक दबावमा पुगे। खेलको ६ औं मिनेटमा सावित्रा भण्डारीले हानेको बल गोलकिपर विट भईसकको अवस्थामा डिफेन्सले क्लियर गरेका थिए। भण्डारीलाई हिरा भुजेलले क्रसपास उपलब्ध गराएकी थिईन्। २१औं मिनेटमा अमृत जैसीले हानेको लङ फ्लिक बल क्रसबारमाथिबाट बाहिरिएको थियो।

एकपछि अर्को अवसरलाई नेपाली टोलीले सदुपयोग गर्नै सकेन्। दोस्रो हाफको एकपछि अर्को अवसर सृजना गरेपनि नेपालले स्कोरिङ निकाल्नै सकेनन्। सावित्राले ४६ औं मिनेटमा डिबक्सभित्र लडाएपछि नेपाली टोलीले पेनाल्टीका माग गरे। तर रेफ्रीले कुनै सुनुवाई नै गरिदिएनन्। डिफेन्सले बल क्लियर गरेपछि अवसर गुम्न पुग्यो। ४७ औ मिनेटमै पेनाल्टी बक्सभित्रैबाट सावित्राले हानेको प्रहारलाई पनि भारतीय गोलकिपरले पन्च सेभ गरिन्। ५५ औं मिनेटमा बालादेवीले नै व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित बनाईन्। डिबक्सभित्रैबाट हानेको पावर सट सेकेण्डबारमा बलले जाली चुमेपछि भारतले नेपालमाथि जित सुनिश्चित हुन पुग्यो।

‘हाम्रो फिनिसिङमै कमजोरी रह्यो। सुधार्नुपर्ने भनेकै स्ट्राईकिङ हो।’ नेपाली टोलीका प्रशिक्षक हरि खड्काले भने–‘पहिलो गोल गोलकिपरको मिस अण्डरस्ट्याडिङले खायौ।हामीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनौं।’ साग महिला फुटबलमा माल्दिभ्स भने तेस्रो बन्दै कास्य पदक जित्यो। माल्दिभ्सले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको हो। महिला फुटबलमा पाकिस्तान, बंगलादेश र भुटानको उपस्थिति थिएन।

 

प्रकाशित: २३ मंसिर २०७६ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App