नुवाकोट- नुवाकोट क्रिकेट संघको आयोजनामा सञ्चालित जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी अर्किड एकेडेमी ‘बि’ ले हात पारेको छ।
आइतबार सम्पन्न फाईनलमा शहिद जगदप्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयलाई १६ रनले पराजित गर्दै अर्किड ‘वि’ ले उपाधी जितेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको अर्किड ‘वि’ ले निधारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै ८३ रन बनाएको थियो। अर्किड विका तर्फबाट आयुस पाण्डेले २१ रन र रोहित थपलियाले ९ रन बनाएका थिए। बलिङतर्फ सस्कृतका राजिव भण्डारीले ३ विकेट र शुभाष गुरुङले २ विकेट लिनुभएको थियो।
८४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको देवीघाट सँस्कृतले १९.५ ओभरमा अल आउट हुँदै ६७ रन बनाउदा १६ रनले हार ब्योहोर्न पुगेको हो। सस्कृतको तर्फबाट अनिश नेपालले १७ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेको थिएन।
बलिङतर्फ अर्किड ‘वि’ का आयुस पाण्डेले ३ विकेट, सन्जय भट्टराई, प्रदिप माझी र आईसिङ्ग तामाङले २÷२ विकेट लिएका थिए। खेलमा अर्किड बि का आयुस पाण्डे म्यान अफ दि म्याच घोषित भएका छन्। प्रतियोगिताको बेस्ट ब्याट्सम्यान अमिक कुमाल, बेस्ट बलर आयुस पाण्डे र म्यान अफ दि सिरिज सुभाष गुरुङ्ग र उदयमान खेलाडी अनिष नेपाल घोषित भएका छन्।
विजयी टिमले ट्रफी प्रमाणपत्रको साथै२५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री र उपविजेता टिमले ट्रफी प्रमाणपत्रको साथै १५ हजार रुपैयाँ बराबरको सामान हात पारेका छन्।
प्रकाशित: १५ मंसिर २०७६ १४:०४ आइतबार