१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

काठमाडौं। १३ औ सागको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमीकरण पुरा भएको हो।

समूह ‘बी’ अन्तर्गत भएको खेलमा पाकिस्तान विजयी भयो। विजयी पाकिस्तान सो समूहको विजेता समेत भएको छ। 


निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा श्रीलंकाले बाजी मार्यो। सो सेट श्रीलंकाले ३०–२८ ले जितेको हो। तर बाँकी सेटमा भने पाकिस्तान हावी भयो।

दोस्रो सेट  पाकिस्तानले २५–१८ले आफ्नो पक्षमा पार्यो। तेस्रा सेट २५–१८ र चौथो सेट २५–२१ ले पाकिस्तान विजयी भयो। 

समूह ‘ए’को विजेता भारतले समूह ‘बी’को उपविजेता श्रीलंकासंग प्रतिस्पार्धा गर्ने छ। त्यस्तै समूह ‘बी’ को विजेता बनेको पाकिस्तानले बंगलादेशसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ।

दुई समूहमा विभाजन गरिएको खेलमा नेपाल समूह ‘ए’ रहेको थियो। नेपाल र माल्दिभ्स यस अघि नै प्रतियोगिताबाट बाहिरी सकेका छन्। सेमिफाइनलका खेल भोली आइतबार हुने छन्।

प्रकाशित: १४ मंसिर २०७६ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App