२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

युरोपा लिगमा आर्सनल र युनाइटेड पराजित

काठमाडौं– युरोपा लिग फुटबलमा इङ्लिस क्लब अर्सलन र म्यान्चेष्चार युनाइटेड पराजित भएका छन्।

समुहको पाँचौ चराणको खेलमा आर्सनल बुन्डेसलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग २–१ ले पराजित भएको हो।

त्यस्तै म्यानचेस्टर युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग पनि २–१ गोल अन्तरले पराजित भएको हो।

आर्नसनलका लागि पियरिक एम्रिक अबुमियाङले ४५ औ मिनेटमा अग्रता दिलाएका दिए। तर घरेलु मैदानमा आर्सनलले अग्रता जोगाउन सकेन।

आर्सनलले ५५ औ र ६४ औं मिनेटमा गोले खान पुग्यो। फ्रान्कफर्टका लागि दची कामडाले दुई गोल गरे।आर्सनलको ५ खेलबाट १० अंक छ। अंकगणितको आधारमा आर्सनल अझै अन्तिम ३२ मा प्रवेश गरेको छैन। जीतपछि फ्रान्कफर्ट ९ अंक छ। 

यता पराजित युनाइटेडले पनि सुरुवाती अग्रता लिएको थियो। युनाइटेडले खेलको १० औं मिनेटमा जेसे लिंगार्डले गोल गरेका थिए।

अस्टनाले भने ५५ औं र ६२ औं मिनेटमा गोल गरेका फर्काएको थियो। दिमित्री शोम्को र डी शोन बर्नार्डले आत्मघाती गोल उपहार दिए। युनाइटेडको ५ खेलमा १० अंक र अस्टनाको ५ खेलमा ३ अंक रहेको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०७:३८ शुक्रबार

अर्सलन म्यान्चेष्चार_युनाइटेड युरोपा_लिग