९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कम्ब्याट गेम्सः नेपाल उपविजेता

काठमाडौं - भारतमा भएको अन्तर्राष्ट्रिय कम्ब्याट गेम्समा कुल १५ पदक जित्दै नेपाली तेक्वान्दो टाेली उपविजेता बनेको छ। भारतको दिल्लीमा आइतबार सम्पन्न गेम्समा नेपालले ४ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल १५ पदक जित्दै उपविजेता बनेकाे हाे।

प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माका अनुसार नेपाल राष्ट्रिय मार्सल नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक/एक स्वर्ण जिते। यस्तै रोप स्किपिङ र जापानिज फममा उनले एक/एक रजत हात पारे।

राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक/एक रजत जितेका छन्। जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे।

यस्तै प्रनिश पहाडीले स्पाईरिङमा र प्याट्रनमा रजत हात पारे भने  शिवराज देवकोटाले पनि स्पाईरिङमा रजत जितेका छन्। विशाल शाह र विकास श्रेष्ठले पनि एक/एक कास्य जिते। प्रतियोगितामा नेपालका टिम कोच शर्मालाई आउटस्टान्डिङ इन्स्ट्रक्टर मेडल प्रदान गरिएको थियो।

प्रकाशित: ९ मंसिर २०७६ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App