१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उपत्यकाव्यापी तेक्वान्दो सम्पन्न

भक्तपुर - द च्यालेन्चर तेक्वान्दो डोजाङ, भक्तपुरको आयोजनामा कात्तिक २९ र ३०  गते उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा विजयी र सहभागी खेलाडीलाई प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले सम्मानपत्र, शिल्ड तथा मायाको चिनो वितरण गरे।

कार्यक्रममा प्रमुख प्रजापतिले खेलाडीहरूले देशको सार्वभौमिकता रक्षा र आत्मसुरक्षाको निम्ति खेल खेल्नु आवश्यक भएको बताए। नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ का अध्यक्ष केशव पुरीले तेक्वान्दो खेललाई राज्यले प्राथमिकतामा नराखेको गुनासो पोखे।
         

प्रकाशित: १ मंसिर २०७६ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App