७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

दीपेश र विष्णुको विजयी सुरुआत

काठमाडौं – नेपालका दीपेश धामी र विष्णु कटुवालले बुधबारबाट सुरु भएको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक सञ्चालन भएको च्यालेन्जमा दीपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोस्रो चरण प्रवेश गरेका हुन्। विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। विष्णुले दोर्जीमाथि २१–९, २१–४ को सहज विजय हात पारेका  थिए।

तर अपेक्षाविपरीत नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ भने पराजित हुन पुगे। उनी थाइल्यान्डका अदुइराच नामकुलसँग २१–९, २१–४ अंकले  पराजित भए। अर्का नेपाली खेलाडी नवीन श्रेष्ठले भने प्रतिद्वन्द्वीबाट वाकओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरे। नवीनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए।

यस्तै अर्का खेलाडी विकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफूलाई खरो उतार्न सकेनन्। विकास इङ्ल्यान्डका खेलाडी वाङ युह्वाङसँग २१–१३ र २१–१४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसँग २१– १४, २१–१० ले पराजित भए। अर्का खेलाडी साजन कृष्ण ताम्राकारले वाकओभर दिए। उनको प्रतिस्पर्धा भारतका किरणकुमार मेलकासँग हुने तय थियो।
नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल पनि नेपालीहरूको विश्वास कायम राख्न असफल भए। दुबई अन्तर्राष्ट्रिय सिरिज र हालै माल्दिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल प्रिन्स च्यालेन्जमा दोस्रो वरीयता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ ले पराजित भए।

सुनील जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निराश पारे। सुनील अस्ट्रेलियाका खेलाडी केथ मार्क इडिसनसँग २२–२०, २१–११ ले तथा जीवन भारतका सिली बर्मासँग २१–१२, २१–१३ ले पराजित भए। महिलातर्पm पनि नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीहरू विदेशी खेलाडीसामु टिक्न सकेनन्।

महिला युगलमा अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखसँग २१–१७, २१–८ ले, पूजा श्रेष्ठ र जेसिका गुरुङ बंगलादेशका अख्तर सप्ला र अलिना सुल्तानसँग २१–९, २१–१४ ले, निता लम्साल र सीमा राजवंशीको जोडी भारतका मनीषा र रुतापर्ना पन्डासँग २१–१४, २१–१४ को समान अन्तरले तथा रसिला महर्जन र सीता राईको जोडी भारतकै अपर्णा बलान र त्रिशा जोलीसँग २१–१०, २१–१० ले पराजित भए।

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एसिया ब्याडमिन्टन महासंघको तत्वावधानमा सञ्चालित योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ को बुधबार सुरुआत भएको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले पानसमा द्वीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल पनि नेपालीहरूको विश्वास कायम राख्न असफल भए। दुबई अन्तर्राष्ट्रिय सिरिज र हालै माल्दिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल प्रिन्स च्यालेन्जमा दोस्रो वरीयता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ ले पराजित भए।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App