७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ईर्खु मावि र वडा–६ लाई उपाधि

सिन्धुपाल्चोक  – ईर्खु स्पोर्टस क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

रोमाञ्चक बनेको फाइनलमा सरस्वती मावि ग्याल्थुमलाई ३–२ सेटले स्तब्ध बनाउँदै इर्खुले उपाधि उचालेको हो। लगातार दुई सेट गुमाएको अवस्थाबाट खेलको नतिजा उल्टाउँदै ईर्खुले सरस्वतीलाई २१–२५, १७–२५, २५–२०, २५–२० र १५–९ ले हरायो। ईर्खुको जितमा म्यान अफ द म्याच घोषित अनिता तामाङले ट्रफी पाइन्। विजेता ईर्खुले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार पायो।

उपविजेता सरस्वतीले २५ हजार रुपैयाँ नगद पुरस्कारमा प्राप्त ग¥यो। प्रतियोगितामा तेस्रो स्थान हात पारेको सिद्धिगणेश मावि सानोसिरुवारीले नगद १२ हजार पाँच सय रुपैयाँ पुरस्कार पायो। ईर्खुका सविन दङ्गाल उत्कृष्ट प्रशिक्षक घोषित हुँदा छात्रातर्फ सुस्मिता श्रेष्ठ उत्कृष्ट स्पाइकर चयन भइन्। सिद्धिगणेशकी सानु श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भइन्।

नेपाल हिल्फे कपअन्तर्गत चौतारा साँगा चोकगढी नगरपालिका स्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा–६ पीपलडाँडाले जित्यो। फाइनल खेलमा उसले सुनौलो बिहानी अभियान चौतारालाई १–० गोलले हरायो। सञ्जय बिष्टले गरेको एक मात्र गोल वडा–६ को जितका लागि पर्याप्त बन्यो। सञ्जय नै खेलको म्यान अफ द म्याच घोषित भए। फुटबलको उपाधि जितेको वडा–६ ले नगद ५० हजार रुपैयाँ पुरस्कार पायो।

उपविजेता सुनौलो बिहानीले २५ हजार नगद पुरस्कार हात पा¥यो।  तेस्रो स्थान हासिल गरेको मेलचौर युवा जागरण समाजले १२ हजार पाँच रुपैयाँ पुरस्कार पायो। प्रतियोगिताको व्यक्तिगत सफलतामा पनि वडा–६ कै वर्चस्व रह्यो। उसका स्वर्णिम श्रेष्ठ उत्कृष्ट गोलकिपर, प्रदीप बुढाथोकी ईर्खु स्टार, सञ्जय विष्ट उच्च गोलकर्ता (७ गोल) र विकासकुमार सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए।

त्यस्तै सुनौलो बिहानीका अनिल अधिकारीले उत्कृष्ट डिफेन्डर र युवा जागरणका निकेश दंगालले उत्कृष्ट मिडफिल्डरको ट्रफी जिते। प्रतियोगिताको विजेता टोली र खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुरस्कृत गरे। उनले ईर्खुको खेल मैदान स्तरोन्नतिमा सघाउने प्रतिवद्धता जनाए। त्यसका लागि नगद उनले ५५ हजार रुपैयाँ नगद सहयोगको गरे।

त्यस्तै प्रदेश–३ का सांसद निमा लामाले ५१ हजार, हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र व्यवसायी केशवराज गिरीले नगद २५÷२५ हजार रुपैयाँ सहयोगको घोषणा गरे। कात्तिक १५ गतेबाट प्रतियोगिता सञ्चालन भएको थियो। छात्रा भलिबलमा १२ विद्यालय र पुरुष फुटबलमा २८ क्लबले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०७६ ०३:५१ बुधबार

ईर्खु_स्पोर्टस_क्बल उपाधि