१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

वैशाखमा १३औं आइओएफटिसी

काठमाडौं – आगामी वर्षको वैशाख १९ र २० गते अमेरिकामा १३औं संस्करणको इन्टरनेसनल ओपन फ्रेन्ड्ससिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ।

ज्योति एभरेस्ट तेक्वान्दोले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप वैशाख १९ र २० गते अमेरिकामा आयोजना हुने जानकारी दिएको हो। आयोजकले प्रतियोगिता इस्टन मिसिगन युनिभर्सिटीमा आयोजना हुने जनाएको छ। प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, चीन, अस्ट्रेलिया, फिलिपिन्स, अस्ट्रिया, क्यानडा, पाकिस्तान, हङकङ, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लव गोर्खालीले जानकारी दिए।

६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब ७ सय बढी खेलाडीको सहभागिता जनाउने गोर्खालीले जनाए। प्रतियोगितामा सिनियर महिला र पुरुषमा समान ८÷८, जुनियरमा १०÷१० र क्याडेटतर्फ समान १०÷१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै टिम इभेन्ट र बोर्ड ब्रेकिङ इभेन्टसमेत समावेश हुने आयोजकले जनाएको छ।  प्रतियोगिताको लागि नेपालबाट पाँच खेलाडी छनोट भइसकेका छन्। चितवनको रत्ननगरमा भएको छनोटबाट पुरुषतर्पm सैलेश गिरि, रञ्जित साउद र दिनेश सुनार छनोट भएका छन्। महिलामा आयशा तामाङ र सुस्मिता मोक्तान अमेरिकामा हुने प्रतियोगिताका लागि योग्य भएका छन्। वैशाख १९ र २० गते अमेरिकामा आयोजना हुने १३औं आइओएफटिसीमा नेपालबाट  पाँच खेलाडी छनोट भइसकेका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App