१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

जितविहीन हुँदै नेपाल बाहिरियो

काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत मध्य तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार इरानमा भएको समूहको अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ ले पराजित भएसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले सुरुआती अग्रता लिएको थियो। छैटौं मिनेटमा नेपालका आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए।

१२औं अफगानिस्तानका लागि मिनेटमा सेयेद होसेइन मौसभिले गोल खेल २–१ को अवस्थामा पु¥याए। १६औं मिनेटमा नेपालका मणी लामाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। १७औं मिनेटमा अफगानिस्तानका अकबर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३–२ ले पछि परेको थियो।

अन्तिम खेलमा सुखद नतिजाको लक्ष्यसहित मैदान उत्रिएको नेपालले दोस्रो हाफमा भने सोचे जस्तो प्रदर्शन गर्न सकेनन्। दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल ग¥यो। २७औं मिनेटमा मेहदी हसेमीले टोलीका लागि चौथो गोल गर्दा ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित सुनिश्चत ग¥यो।

पहिलो खेलमा ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो। सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह ‘ए’ बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।शुक्रबार इरानमा भएको समूहको अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ ले पराजित भएसँगै नेपाल जितविहीन हुँदै एएफसी फुटसल च्याम्पियनसिप छनोटबाट बाहिरिएको हो।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App