२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसियन एमेच्योर चेस कात्तिक अन्तिम साता

काठमाडौं – नेपालमा सर्वाधिक राशिको चेस प्रतियोगितामा एसियन एमेच्यार चेस च्याम्पियनसिप कात्तिकको तेस्रो सातादेखि हुने भएको छ।

नेपाल बुद्धिचाल संघको आयोजनामा मदन भण्डारी स्पोट्र्स एकेडेमी र काठमाडौं महानगपालिकाको सहकार्यमा आगामी कात्तिक २२ गतेदेखि २९ गतेसम्म एसियन एमेच्योर चेस च्याम्पियनसिप गर्न लागेको हो। शुक्रबार आयोजित एक कार्यक्रममार्पmत सघंले उक्त खेल बुढानीलकण्ठस्थित पार्क भिलेजमा सञ्चालन हुने जनाएको छ।

नेपालमा आयोजना हुने सर्वाधिक ठूलो प्रतियोगितालाई वल्र्ड चेस फेडेरेसनले पनि सहयोग गर्नेछ। नेपालमा यसअघि सन् २०१५ र ०१७ मा एसियन जोनल चेस च्याम्पियनसिप भएकाले यस प्रतियोगिता पनि बृहत रूपमा सञ्चालन गर्ने संघका महासचिव हेराकाजी महर्जनले बताए।

स्विस लिग प्रणालीअनुसार हुने उक्त प्रतियोगिता ९ चरणसम्म सञ्चालन हुने संघले जनाएको छ। उक्त प्रतियोगितामा एसियाका करिब ३० देशका सय भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा २१ सयभन्दा कम रेटिङका तथा अधिकतम फिडेमास्टरसम्मको उपाधि प्राप्त खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App