२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवन - साबिक विजेता एपिएफ क्लबलाई १–० ले पराजित गर्दै  त्रिभुवन आर्मी क्लब सोमबार नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा  प्रवेश गरेको छ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्री किकमार्फत गोल गरेका थिए। विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि टोलीले फ्री किक पाएको थियो। सन्तोषले गरेको गोल नै  निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका आर्मीका विमल पाण्डे म्यान अफ दी म्याच बने।

विकास रनिङ शिल्डको १३औं संस्करण विजेता एपिएफ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि प्रतियोगितामा एपिएफले झापा–११ लाई सडन डेथमा पराजित गरेको थियो। आर्मीले सेमिफाइनलमा चितवन–११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा छैटौं दिन मंगलबार जावलाखेल युथ क्बल र संकटा क्बल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:२१ मंगलबार

एपिएफ_क्लब सेमिफाइनल त्रिभुवन_आर्मी