१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

खेलकुदमन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नति भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन्।

खेलकुदमन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए।

सो अवसरमा मन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनियरलगायतसँग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नति भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: २८ आश्विन २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App