२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

नयाँदिल्ली– भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ। बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन्।   

भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो। बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनको स्वतः अध्यक्षमा चयन हुने छन्।  

भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भनेका छन्।   

खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।   

यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ। भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन्। रासस

प्रकाशित: २७ आश्विन २०७६ १०:२१ सोमबार

भारतीय क्रिकेट बोर्ड अध्यक्ष