१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–ट्वान्टी : नेपालले जिम्बावेसँग दोस्रो खेल खेल्दै

काठमाडैं– सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्दै छ।

सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ।

खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ। उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो। सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन्।

गएराति सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएको छ । सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो। अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ।

जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ। डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ। रासस

प्रकाशित: १३ आश्विन २०७६ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App