५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

मड्रिड डर्बीमा बराबरी

मड्रिड –मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा यथावत् छ। ला लिगमा अपराजित रियालको ७ खेलमा १५ अंक छ र टोली शीर्ष स्थानमा यथावत् छ। समान ७ खेलमा समान १४ अंक जोडेका ग्रानाडा र एट्लेटिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने १३ अंक जोडेको बार्सिलोना र रियाल सोसिडाड क्रमश चौथो र पाँचांै स्थानमा छन्।

‘एट्लेटिकोविरुद्धको खेल सधैं शारीरिक हुने गर्दछ र उनीहरूको घरेलु मैदानमा खेल्न सधैं कठिन हुने गर्दछ,’ मड्रिडका कप्तान सर्जियो रामोसले भने, ‘अग्रपंक्तिका खेलाडीलाई एट्लेटिकोको रक्षापंक्ति तोड्न निकै कठिन रह्यो। हामीले स्पष्ट ३ अंकका लागि खेलेको भए पनि हामी एक अंक जोड्न पाउँदा पनि सन्तुष्ट छांै।’
१५औं मिनेटमा नाचोको क्रसमा करिम बेन्जेमाको उत्कृष्ट प्रहारमा एट्लेटिकोका गोलकिपर जान ओब्लाक बाधक बन्दा  रियालले अग्रताको अवसर गुमाएको थियो।
‘त्यो निकै उत्कृष्ट बचाउ थियो,’ ओब्लाकले भने, ‘हामीले राम्रो खेल्यांै। आशा छ, यस्तै खेल अन्य दिनहरूमा पनि प्रदर्शन हुनेछन्।

शनिबारै भएको अर्को खेलमा बार्सिलोनाले गेटाफेलाई २–० ले हराएको हो। ४१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दा बार्सिलोना खेलमा अघि बढेको थियो। ४९औं मिनेटमा जुनियर फ्रिपोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

‘यो खेल हाम्रा लागि महŒवपूर्ण थियो। किनभने हामी जितको लयलाई निरन्तरता दिन चाहन्थ्यांै,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले भने, ‘हामीले पहिलो हाफमा गतिलो प्रदर्शन गर्न सकेनौं तर एक गोलको अग्रतापछि भने खेलमा हामी पूर्ण रूपमा हाबी बन्यांै।’

त्यस्तै भ्यालेन्सियाले एथ्लेटिक बिलबाओलाई १–० ले हरायो। भ्यालेन्सियाको जितमा डेनिस क्रेसिभले गरेको गोल पर्याप्त बन्यो। यता भिल्लारियलले रियाल बेटिसमाथि ५–१ को सानदार जित हात पा¥यो। भिल्लारियलको जितमा कार्ल टोको इकाम्बीले २,सान्टी काजोर्ला,जेरार्ड मोरिनो र स्यामुयोलले समान एक गोल गरेका थिए।शनिबारै भएको अर्को खेलमा बार्सिलोनाले गेटाफेलाई २–० ले हराएको हो।

 

 

प्रकाशित: १३ आश्विन २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App