५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

उज्ज्वल तारा दशैँ दौड

काठमाडौं – उज्ज्वल तारा स्कुल, काँडाघारीको आयोजनामा विविध सन्देशमुलक कार्यक्रमसहित दौड आयोजना गर्दै ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ भव्यतापूर्वक सम्पन्न भएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रूपमा विगत तीन वर्षदेखि  दौड हुँदै आइएको छ। एक हजारभन्दा बढीले भाग लिएको सो दौडको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका थिए। दौड उद्घाटन कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला र हवाई सेवा सञ्चालक संघ तथा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पनि सहभागिता थियो।

आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदानप्रदान गर्ने उद्देश्यका साथ तेस्रो वर्ष आयोजना गरिएको सो दौडका १४ विधाका विजयीलाई नगरप्रमुख थापा, दौड कार्यक्रम संयोजक एवम् विद्यालयका संस्थापक सल्लाहकार विष्णुबहादुर कार्की, विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेल, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री थापा कार्की, मेगा बैंकका प्रमुख कार्यकारी अध्यक्ष भोजबहादुर शाहलगायतले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए।

निर्धारित दूरीको दौड पूरा गरेका सबैलाई पदक प्रदान गरिएको थियो।
कार्यक्रममा नेपालको पुराना धावकद्वय जितबहादुर केसी र विमला रानामगरलाई जनही नगद ११ हजार १ सय ११ रुपैयाँसहित उज्ज्वल तारा खेल सम्मानद्वारा सम्मान गरिएको थियो।

सबै विधाको दौड पूरा गर्ने धावकहरूको चेस्ट नम्बरलाई समावेश गरी अन्तिममा गोलाप्रथाद्वारा एक महिला र एक पुरुष धावकलाई एक÷एक जोर ट्य्राक सुट र एक वर्षका लागि नागरिक दैनिकको ग्राहक पुरस्कार प्रदान गरिएको थियो।

 

प्रकाशित: १३ आश्विन २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App