१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चन्द्रबहादुर गुरुङ स्मृति फुटसल हुने

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा आइतबारबाट स्व.चन्द्रबहादुर गुरुङ स्मृति प्रथम अन्तरकलेज फुटसल प्रतियोगिता हुने भएको छ। 

सोमबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका हिमालयन ह्वाइट हाउस, नेपाल कमर्स क्याम्पस गोन्डेनगेट इन्टरनेसनल कलेज, हिकास्ट, एनसिआइटी, वाल्मीकि क्याम्पस, नेपाल ल क्याम्पस, क्याथफोर्ड, अमृत साइन्स, ल्याबोरेटरी कलेज, नाइटिङगेल कलेज, त्रिचन्द्र, पशुपति क्याम्पस, आदर्श र आरआर क्याम्पसलगायत गरी कुल २४ टोलीको सहभागिता रहने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उपाध्यक्ष शशी भण्डारीले जानकारी दिए।

धुम्बाराहीस्थित धन्यन्तरी फुटसलमा हुने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने बताइएको छ । भण्डारीले प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो स्थानको टोलीले १० हजार प्राप्त गर्ने जानकारी दिए ।

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App