६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालका पूजा र स्वस्तिकालाई स्वर्ण

काठमाडौं – आयोजक नेपालका पूजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm नेपालकी पूजा कुँवर र स्वस्तिका महर्जनले स्वर्ण जितेका हुन्। पूजाले ४६ केजीमुनिको फाइनलमा लेगदेन तामाङलाई पराजित गरिन्। सो तौलसमूहमा नेपालकै सिमरन मगर र हिमकला जिरेल कांस्य पदक जित्न सफल भए।

स्वस्तिकाले भने ३७ केजीमुनिको फाइनलमा नेपालकै रोजलिन ओझालाई स्तब्ध बनाइन्। सोही तौलमा दिया रजाक र अंकिता रानामगर कांस्य पदक जित्न सफल भए। युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित च्याम्पियनसिपको फाइटतर्पm नै महिला क्याडेटमा नेपालकी रिना लामाले ४४ केजीमुनि स्वर्ण जित्दा फाइनलमा नेपालकै सुमिना खड्गीलाई हराइन्।

उक्त तौलमा रुविना श्रेष्ठ र सुजिता तामाङले कांस्य पदक प्राप्त गरे। व्यक्तिगत पुम्सेतर्पm महिला यु–१७ उमेरसमूहमा मलेसियाकी एगनेस सी जिङ्गले स्वर्ण जितिन्। जिङ्गले फाइनलमा कोरियाकी गाजोङ सिनलाई स्तब्ध बनाइन्। यस उमेर समूहमा नेपालकी मोनिका मगरले कांस्य पदकमा चिक्त बुझाइन्।

महिलाकै यु–१९ उमेरसमूहको पुम्सेमा नेपालकी सुविना श्रेष्ठले स्वर्ण जित्दा नेपालकै सुनिता विष्टलाई हराइन्। भारतकी रामेश्वरी रामचिर्य भने तेस्रो स्थानमा रहिन्। महिला यु–२९ पुम्सेमा नेपालकी रुविना घलले स्वर्ण जित्दा भारतकी स्मृति थापालाई हराइन्। यस विधामा नेपालका सुस्मिता थापा र आशा वालमिकीले कांस्य जिते।

यसै उमेर समूहको पुरुषतर्पm नेपालका मोहम्मद आलमले स्वर्ण जित्दा बंगलादेशका कामरुन इस्लामलाई हराए। यस विधामा भारतका सर्निक धारा र नेपालका विवेक राईले कांस्य जिते। पुरुष यु–१९ उमेर समूहको पुम्सेमा नेपालका प्रज्वव कर्मचार्यले स्वर्ण जित्दा आफ्नै देशका उरज थारुलाई हराए।

यस उमेर समूहमा नेपालकै गोरय तामाङ र रोशन खड्गीले कांस्य पदकमा चिक्त बुझाए। पुरुषको यु–१५ उमेर समूहको पुम्सेमा मलेसियाका केभिन खाँले स्वर्ण जित्दा फाइनलमा नेपालका आयुस शर्मालाई हराए। यस विधामा नेपालका स्यामुल्स धिमाल र आयुस सुयलले कांस्य पदक जिते। यसै उमेर समूहको महिलातर्पm मलेसियाकै खेलाडी हाबी हुँदा सिरेल सी जिङ्गले स्वर्ण जितिन्।

उनले फाइनलमा कोरियाकी हयोङ सिनलाई हराइन्। यस उमेर समूहमा नेपालकी रेजिना राई र सान्ची थामीले कांस्य पदक जितिन्। यु–१२ उमेर समूहको महिला र पुरुष दुवैतर्पm पनि मलेसियाका खेलाडीले स्वर्ण जिते। महिलातर्फ नुर इर्दिनाले स्वर्ण जित्न नेपालकी रक्षा सुनुवारलाई हराइन्। पुरुषतर्पm भने अनुवात सरतले स्वर्ण जित्न कोरियाका जेमिन सिनलाई स्तब्ध बनाए।

उक्त च्याम्पियनसिपमा पारा तेक्वान्दोमा नेपालका दीपेश धामी र भारतका पार्थ भार्दवाइले डेमोन्स्टे«सन खेल प्रस्तुत गरेका थिए। दीपेशले पार्थलाई २६–१३ स्कोरले पराजित गरेका थिए। आगामी भदौ २९ गते सञ्चालन हुने च्याम्पियनसिपको उद्घाटन प्रमुख अतिथि टाइगर्स ब्रुअरी प्रालिका अध्यक्ष तेजेन्द्र खड्काले गरेका थिए। च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका कुल आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए।

टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा भइरहेको च्याम्पियनसिपमा १४ राष्ट्रका खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन्। च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका छन्।

च्याम्पियनसिपमा पारा तेक्वान्दोतर्फ नेपालका दीपेश धामी र भारतका पार्थ भार्दवाइले डेमोन्स्टे«सन खेल प्रस्तुत गरेका थिए। दीपेशले पार्थलाई २६–१३ स्कोरले पराजित गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७६ ०४:३१ शनिबार

तेक्वान्दो_च्याम्पियनसिप स्वर्ण