२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौँ- नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ। काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो।     

नेपालले मध्यान्तर अघिको खेलमा ६ गोल गरेको थियो। मध्यान्तरपछि नेपालले थप दुई गोल गर्‍यो। नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन्। अनिता बस्नेतले दुई तथा दीपा राई र कप्तान निरु थापाले एक÷एक गोल गरेका थिए। सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन्।     

यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दीपाले २५औँ मिनेटमा र निरुले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए। नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ।

नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन्।रासस
   
 

प्रकाशित: २२ भाद्र २०७६ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App