१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडाैं- नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रारम्भिक चरणमा रहेका ३० खेलाडीमध्येबाट २५ खेलाडी छनोट गरिएको जानकारी दिए।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा उक्त च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। छनोट भएका खेलाडीमा  गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा तथा स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा पाकिस्तान, माल्दिभ्स र भुटान छन्। रासस

प्रकाशित: २० भाद्र २०७६ १५:४१ शुक्रबार

साफ_यू–१८ फुटबल खेलाडी_छनोट