६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एआइएको दोहोरो जित

काठमाडौं – अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एआइएले लिटिल फ्लावरलाई १८–४ ले पराजित ग¥यो । एआइएको जितमा ओम प्रकाशले ६ अंक योगदान गरे । जुनियर ब्वाइजमा निश्चल बुढाथोकीको ४ अंक सहयोगमा एआइएले काठमाडौं नेसनललाई १९–४ ले हरायो ।

सिनियर ब्वाइजमा एसियन पब्लिकले केइएसलाई ४९–२२, अक्षरा एकेडेमीले चैतण्यलाई ३१–१२, स्वप्नवाटिकाले सनसाइनलाई ३५–२०, हेम्सले काठमाडौं नेसनललाई २५–१२ र अक्सिडेन्टलले भद्रघलेलाई २३–१३ ले पाखा लगाए ।

एसियन पब्लिकका पारस केसीले १९, अक्षराका चक्र खड्काले १९, स्वप्नवाटिकाका संगम श्रेष्ठले १०, हेम्सका चन्द्र लिम्बुले ६ र अक्सिडेन्टलका निराजन भण्डारीले ११ स्कोर गरे ।

जुनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा चैतण्यले इनोभेटिभलाई १९–१०, हेम्सले लिटिल फ्लावरलाई १७–६ र स्वप्न वाटिकाले एसियनलाई ११–४ ले पन्छाए । चैतण्यका निशान्त महतले ६, हेम्सका महेश रानाभाटले ८ र स्वप्नवाटिकाका अभिषेक मल्लले ४ अंक जोडे ।

प्रकाशित: १७ भाद्र २०७६ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App