१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

काठमाडौं – नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदिभ सहरमा सोमबार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरी प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ ।

यस वर्ष भने नेपालका धमलाले त्यो सफलता पाएको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिएका छन् । २७औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुसी व्यक्त गर्दै यो अवार्ड आफ्ना लागि मात्र नभई समग्र नेपाली खेलकुदको विकासका लागि  महTवपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव, सीप र कौशललाई इमानदार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मेरा लागि यो अवार्ड उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने, ‘आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’ एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हाल नेपालका अध्यक्ष तथा दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

उनी करिब दुई दशकदेखि यो खेलमा सक्रिय छन् । वि.सं. २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए । उनकै नेतृत्वमा २२ राष्ट्र सम्मिलित एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नेपालमा सम्पन्न भएको थियो । धमलाले नेपालका विभिन्न जिल्लामा आइटिएफ तेक्वान्दो खेल विकास गर्न महŒवपूर्ण भूमिकासमेत खेलेका छन् ।

साथै दुर्गम क्षेत्रबाट खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै आइरहेका छन् । त्यसैले उनको सोही योगदानलाई कदर गर्दै दुई वर्षअगाडि बुल्गेरियामा सम्पन्न विश्व आइटिएफको अधिवेशनमा उनलाई उच्च सम्मान गर्दै मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । जसका कारण उनी दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भए ।

बुल्गेरियामा सोमबार सम्पन्न कंग्रेसले आगामी २२औं विश्व च्याम्पियनसिपमा २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनसिप भने इटालीले मतदानमार्पmत पाएको छ । जसमा भारत पराजित भएको थियो । सोही दौरान बुल्गेरियामा अगस्ट ३१ सम्म सञ्चालन हुने २१औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धासमेत गर्दै छन् ।

 

प्रकाशित: १० भाद्र २०७६ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App