१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कौटिन्हो लोनमा बायर्न जाने

मड्रिड – बायर्न म्युनिखले बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्होलाई एक सिजन लोनमा लाने सहमति गरेको छ। बुन्डेस लिगा च्याम्पियन बायर्नले आगामी केही दिनभित्रै २७ वर्षे ब्राजिलियन मिडफिल्डरको अनुबन्धन प्रक्रिया टुंगिने बताएको छ।

बायर्नका कार्यकारी प्रमुख कार्ल हेइन्ज रुमेनिङ्गेले भने, ‘हामीले कौटिन्हो चर्चित खेलाडी भएकाले मात्र भिœयाउन लागेका होइनौं।  उनको अद्भुत क्षमताका कारण उनलाई क्लबमा ल्याउन लागिएको हो। ’ त्यस्तेै बायर्नले बोरुसिया मोन्चेनग्लाडबाचका १९ वर्षे मिडफिल्डर मिचेल क्युसान्सेलाई भिœयाउने तयारीमा छ।

शुक्रबार स्पेनिस ला लिगको पहिलो खेलमा बार्सिलोनाले एट्लेटिक बिलबाओलाई १–० को नतिजा सुम्पँदा कौटिन्होले दर्शकदीर्घामा बसेर खेल हेरेका थिए।  कौटिन्हो २०१८ जनवरीमा १ सय ४२ मिलियन पाउन्डमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट क्याम्प नोउ भित्रिएका थिए।  उनले बार्सिलोनाका लागि ७६ खेलमा २१ गोल गरेका थिए।  उनलाई अन्य क्लबले समेत अनुबन्धनको प्रयास गरेका थिए।  टोटेनह्यामले गत महिना कौटिन्होलाई लोनमा लाने प्रक्रिया रद्द गरेको थियो।  त्यस्तै आर्सनल र उनकै पूर्वक्लब लिभरपुललले समेत उनलाई भिœयाउन चाहेका थिए।

 

प्रकाशित: १ भाद्र २०७६ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App