१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

संगीता र सन्जु उत्कृष्ट लिफ्टर

काठमाडौं – नेपाल पुलिसका खेलाडीद्वय संगीता राई र सन्जु चौधरी नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर घोषित भएका छन्।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बनाएका संगीता सिनियरतर्पm र सन्जु जुनियरतर्पm उत्कृष्ट लिफ्टर घोषित भएका हुन्। मंगलबार संगीताले ४९ केजी र सन्जुले ५९ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा तीन राष्ट्रिय कीर्तिमान बनाएका थिए। दुवैले नयाँ राष्ट्रिय कीर्तिमानबापत १ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।

यता, बुधबारका खेलमा चार खेलाडी समान तीन राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। महिलातर्फ पुलिसकी लक्ष्मी बनले सिनियर ८१ केजी र नेपाल आर्मीकी अस्मिता राईले ८७ केजीमाथि तीन राष्ट्रिय कीर्तिमान बनाएका हुन्। लक्ष्मीले आठौं राष्ट्रिय खेलकुदमा आफैले बनाएको कीर्तिमान सुधार गर्दा स्न्याचमा ६५ केजी, क्लिनमा ८३ केजी गरी कुल १ सय ४८ केजी भार उठाउँदै तीनै विधामा सफलता हात पारिन्।

स्मिताले पनि स्न्याचमा ५८, क्लिनमा ७० गरी कुलमा १ सय २८ केजी भारका साथ तीनै विधामा कीर्तिमान बनाइन्। अस्मिताको पनि आठांै खेलकुदमै स्न्याचमा ५३ केजी, ६८ केजी र कुलमा १ सय २१ केजीको कीर्तिमान थियो। पुरुषतर्पm पुलिसका खेलाडीद्वय प्रकाश केसीले ६७ केजी र विकास थापाले पुरुष ८१ केजी तौलसमूहमा तीन राष्ट्रिय कीर्तिमान बनाए।

प्रकाशले स्न्याचमा १ सय ६ केजी, क्लिन एन्ड जर्कमा १ सय २५ गरी कुल २ सय ३१ भारका साथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यसमा उनैले आठौं खेलकुदमा १ सय ३, १ सय २२ र २ सय २५ केजीको कीर्तिमान राखेका थिए। विकासले भने स्न्याचमा १ सय २० केजी, क्लिन एन्ड जर्कमा १ सय ३६ केजी र कुलमा २ सय ५६ केजीका साथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

विकासले पनि आपंैmले आठौं खेलकुदमा बनाएको स्न्याचमा ५ केजी, क्लिन एन्ड जर्कमा एक केजी र कुलमा ६ केजी तौलको सुधार गरेका हुन्। सिनियर ७६ केजीमा पुलिसकी तारादेवी पुनले क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान कायम गर्दा ९८ केजी भार उचालिन्। ताराले उक्त विधामा आठौं खेलकुदमा राखेको ९७ केजीको कीर्तिमान सुधार गरेकी हुन्। ताराले स्न्याचमा ७२ केजी र कुलमा १ सय ७० केजीका साथ स्वर्ण जित्न सफल भइन्।

सिनियरकै ८७ केजीमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजीका साथ नयाँ कीर्तिमान कायम गरिन्। उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी थिइन्। विद्याले स्न्याचमा ५३ केजी र कुलमा १ सय २९ केजी भार वहन गरिन्। पुरुष ८९ केजी तौलसमूहमा आर्मीका दिनेश कार्कीले आफ्नै नामको दुई कीर्तिमान सुधार गर्दा क्लिन एन्ड जर्कमा १ सय ३५ केजी र कुलमा २ सय ४० केजी भार उचाले।

उनले स्न्याचमा भने १ सय ५ केजी भार उचाले। प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर महिला तथा पुरुष गरी ४० केजी तौलसमूहमा ४० स्वर्ण पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। करिब १२ लाख ७९ हजार २ सय लागत रहेको प्रतियोगितामा तीन विभागीय, जिल्ला र क्लबका करिब ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। बुधबारका खेलमा चार खेलाडी समान तीन राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। महिलातर्फ लक्ष्मी बन, अस्मिता राई तथा पुरुषमा प्रकाश केसी र विकास थापाले कीर्तिमान बनाए।

प्रकाशित: ३० श्रावण २०७६ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App